संसार को हर कुनामा छरिएर नेपाल र नेपाली प्रती अशिम माया राख्ने सम्पूर्ण शान्तिप्रेमी साथीहरुमा नमस्कार ।

हामी शान्तिप्रिय नेपाली । इमान्दार अनी बिरताको प्रतिकको रुपमा गर्वकासाथ छाती फुलाएर संसारलाई चुनौतीदिने हाम्रो चिनारी छ । हामी प्रसान्त क्षेत्रको शेरोफेरोबाट देश अनि जनताप्रती रहेको आतुलनिय मायालाई साक्षीराखी यो संचार को शोर्डिम युगमा नेपाली र नेपालीलाई एउटै सुत्रमा अझ प्रगाडरुपमा बाध्ने जमर्को गरेका छौ । यस सन्दर्भमा अमेरिकी महादीपको पश्चिमी तटियछालसङै शान्तिप्रिय नेपालीको नेपालीआकाशको माध्यामबाट तपाईंहरुसामु उपस्थित भएका छौ ।

सोच्छ पत्रकारितालाई बढवादिदै सत्यतथ्य खबर प्रदान गर्ने , देश र जनतको पक्षमा सधैं वकालतगर्ने अनी गरीब ,निमुखा,पिछडीएका एबं दुर्गम क्षेत्रका समुदायलाई मानब सभ्यताका मुल प्रवाहमा लिएर आउन सबैसँग हातेमालो गरी अघी बढ्ने,गुम्शिएर रहेका प्रतिभालाई प्रस्फुटन गराउने अरु संचार एबं मानब हितको क्षेत्रमा काम गर्ने संघ संस्था एवं समुदायसँग बन्धुत्यको भावना राख्ने ,मिलेर काम गर्ने ,टोल ,समाज ,राष्ट्रमा भएका दमन ,कुरिती अनि भ्रष्ट्राचारको प्रदाफास गर्ने ,हरपल शान्तिप्रिय प्रगतीचाहने जनतालाई जगरुक अनि चनाखो बनाउने ,एवं उनीहरुका चाहना आनुरुपक खुराक प्रदान गर्ने ,पत्रकारिताको माध्यामबाट जनता अनि देशको सेवा गर्ने कशम खाएका छौ । आउदा दिनहरुमा तपाईंहरुबाट अमुल्य सुझाब एबं प्रतिकृया सहित सहयोगको अपेक्षा राख्दछौ । तपाईंहरुको सानो सहयोगलेनै नेपाली आकाशको रक्तसंचार हुनेछ ।

धन्यबाद

नेपाली आकाश परीवार ।